• १९ चैत २०८२, बिहिबार

प्रियासनको कविता सङ्ग्रह सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २५ गते । साहित्यकार सविन प्रियासनले पहिलो कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ शीर्षकमा तयार गरिएको उक्त कविता सङ्ग्रह काठमाडौँमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको हो ।

प्रियासनका अनुसार, सङ्ग्रहमा नेकपा (एमालें) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा, गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म उहाँले बुनेका योजना, गरेका काम र मुलुकको समृद्धि तथा सुशासनका लागि चालिएका कदम कवितामार्फत प्रस्तुत गरिएको छ । 

कविता सङ्ग्रहमा कुल ५४ वटा कविता समावेश छन् । प्रेस चौतारी नेपालले काठमाडौँमा सम्पादकसँग आयोजनामा विशेष समारोहबिच विमोचन गरिएको हो ।

नयाँ कविता सङ्ग्रहमा देशको समृद्धि, सम्भावना, सुशासन र नेतृत्वका विषय पूर्वप्रधानमन्त्री ओलीसँग जोडेर कवितामार्फत चित्रण गरिएको छ । 

पुस्तकमा एमाले महासचिव शङ्कर पोखरेलसहित केही नेता तथा पत्रकारको शुभकामना सन्देश पनि समावेश गरिएको छ ।