गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २५ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक कार्यव्रmम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यव्रmममा लेखक÷पत्रकार नारायण ढुङ्गानाले ‘कला पत्रकारिताका अवस्था र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि पत्रकार सुशीला तामाङले टिप्पणी गर्नुभयो । कार्यव्रmमको विषयमाथि जगत् वाशिष्ठ, दिवेशमानसिंह प्रधान, ओमप्रकाश घिमिरे, डिल्ली आचार्य, मधु शाही, चाँदनी हमाललगायतले आफ्नो धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको गतिविधिलाई स्थानीय तवरबाटै सक्षम र सशक्त बनाउन कला पत्रकारिताको भूमिका महìवपूर्ण रहने बताउनुभयो । उहाँले प्रतिष्ठानले कला खोज, अनुसन्धान, सम्मान, पुरस्कारलगायतका क्षेत्रमा आफ्नो क्षमतानुसारको काम गरिरहेको धारणा राख्नुभयो । हार्तम्छालीले सामाजिक, सांस्कृतिक रूपान्तरणमा कलाले महìवपूर्ण भूमिका खेल्ने भएकाले यसको गतिविधि सम्प्रेषण गर्नु र यस क्षेत्रका समस्याको समेत खोजी गर्नु कला पत्रकारको दायित्व भएको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकला संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको र यसको आयामलाई जनस्तर एवं विश्वमा फैलाउनु आजको आवश्यकता भएकाले यस कार्यव्रmमको आयोजना गरिएको बताउनुभयो । पत्रकार ढुङ्गानाले कला पत्रकारिताको सुरुवाती, विगत र वर्तमान अभ्यासको चर्चा गर्दै यसका अवस्था, चुनौती र यसको विकास, प्रवर्धनमा गर्नुपर्ने कार्यका बारेमा विस्तृत चर्चा गर्नुभयो । साथै उहाँले समाजमा कलाको गतिविधिलाई बढावा दिन सबै क्षेत्र र सरोकारवाला निकाय लाग्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार तामाङले कला पत्रकारिताको क्षेत्रको अवस्था, कोभिड–१९ पछिको समयमा कला बिटलाई पत्रकारिताले दिएको स्थान, यस क्षेत्रमा महिला पत्रकारले दिएको योगदान तथा ललितकला पत्रकारितालाई व्यवस्थित ढङ्गबाट सक्षम र सशक्त बनाउन राज्यबाट नीतिगत तहमै पहलको आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यव्रmममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकार, विद्यार्थी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।