• २० असोज २०८१, आइतबार

थप ९८ जनामा सङ्क्रमण पुष्टि, ५६४ सक्रिय सङ्क्रमित

blog

काठमाडौं, असार २४ गते । पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीकाअनुसार दुई हजार १४५ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा ९८ जनामा कोरोना पुष्टि भएको हो । जसमा एक हजार ६१ जनाको आरटी पिसिआर गर्दा ८३ जनामा र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

शुक्रबार परीक्षण गरिएकामध्ये ४.५४ प्रतिशतमा कोरोना पुष्टि भएको छ । बिहीबार परीक्षण गरिएकामध्ये २.२१ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । जुन हिजोको तुलनमा २.३३ प्रतिशतले बढी हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी ४१ जना काठमाडौंमा रहेका छन् । ललितपुरमा र मकवानपुरमा पाँच/पाँचजनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७ जना सङ्क्रमणमुक्त भएका छन् । सोही सयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । २४ घण्टामा ६२ हजार ९७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

काठमाडौंमा २९०, भक्तपुरमा आठ, ललितपुरमा ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ५५५ जना होम आइसोलेसनमा, अस्पतालमा नौजना उपचाररत रहेका छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये  सातजना आइसियु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार ७८, बुधबार ११३, मङ्गलबार ९०, सोमबार ४०, आइतबार ५३ जनामा कोरोना पुष्टि भएको थियो ।