• १३ साउन २०८१, आइतबार

थप तीनजनामा हैजा पुष्टी, सङ्क्रमित हुनेको सङ्ख्या २६ पुग्यो

blog

काठमाडौं, असार २४ गते । वर्षयाम सुरु भएदेखि नेपालमा हैजा तथा झाडापखालाका बिरामी बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार मात्रै तीनजनामा हैजा पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २६ पुगेको हो । सङ्क्रमित बिरामीमध्ये तीनजना अस्पतालमा उपचारत अन्य बिरामी सङ्क्रमणमुक्त भइसकेका छन्  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण  महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसारे स्ट्रल कल्चर परीक्षणमा १० जना, आरडिटी परीक्षण १२ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा  चारजनामा हैजा पुष्टि भएको हो ।

असार २ गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । २२ दिनको अर्न्तरालमा २६ जनामा हैजा पुष्टि भइसकेको छ । 

पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिन मुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेएिको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरबाट लिएको १८ वटा पानीको नमूनामध्ये १२ वटा नमूनामा इकोलिन फेला परेको थियो ।

काठमाडौं उपत्यकामा परीक्षण गरीएका ४४ पानीका नमूनामध्ये १० इकोलिन फेला परेको थियो ।

मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्थलगत अनुसन्धान गर्न अनुसन्धान टोली मनहरा र मुलपानीका अस्पतालमा गएका थिए ।

भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्मण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् । 

पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा फैला लाग्नबाट बच्न सकिने चिकित्सक बताउछन् ।