नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर २० गते । काठेखोला गाउँपालिका–६मा शुक्रबार सम्पन्न पालिका स्तरीय कराते प्रतियोगितामा सबैभन्दा बढी पदक लालिगुराँस माध्यामिक विद्यालयले जितेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत भएको कराते प्रतियोगितामा लालिगुराँस माध्यामिक विद्यालयले सात स्वर्ण र दुई रजत पदकसहित नौ पदक जित्दै करातेमा सबैभन्दा बढी पदक जित्ने विद्यालय बनेको काठेखोला गाउँपालिका खेलकुद विकास समिति संयोजक टीका सङम विकले जानकारी दिनुभयो ।
लालिगुराँस माध्यामिक विद्यालयका छात्राहरु ४० केजी तौलतर्फ दिपिका कँडेल, ४५ केजी तौल खुसी पुन, ६० केजी तौलमा शोभा कुमारी परियार र लक्ष्मी कँडेलले स्वर्ण पदक जितेका हुन् । छात्र तर्फ ४२ केजी तौलमा सिलोक कँडेल, ५२ केजीमा रविन क्षेत्री र सन्देश कँडेलले स्वर्ण पदक जितेका हुन् ।
भिमसेन माध्यामिक विद्यालयले चार स्वर्ण र पाँच रजत जितेको छ । स्वर्ण जित्नेहरुमा ५० केजी तौल छात्रामा सृष्टी थापा, ५५ केजी छात्रामा गोमा रोका, ५७ केजी छात्रमा सुजल किसान, ६२ केजीमा आयुक थापा रहेका छन् । अमर माध्यामिक विद्यालयले एक स्वर्ण र चार रजत जितेको छ । ४७ केजी तौल छात्र करातेमा अर्पन दुराले स्वर्ण जितेको रेफ्री संयोजक तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कडेलले जानकारी गराउनुभयो ।