• १९ मङ्सिर २०८२, शुक्रबार

हत्याका अभियुक्त २२ वर्षपछि पक्राउ

blog

साधन घर्ती

म्याग्दी (दरबाङ), मङ्सिर १९ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले २२ वर्ष अघि हत्यामा सङ्लग्न मध्ये एक अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–४,दग्नामका ४२ बर्षिय खमबहादुर थजालीलाई बेनी नगरपालिका–८, कालिपुलबाट मङ्सिर १७ गते प्रहरीले पक्राउ गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार वि. स २०६० सालमा कात्तिक ६ गते दग्नाम गाउँका २४ वर्षीय धनराम तिलिजाको हत्यामा सङ्लग्न रहेको आधारमा पक्राउ गरिएको हो । हत्यापछि पीडित परिवारले तत्कालीन समयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा किटानी जाहेरी दिएका थिए । 

जाहेरीमा उल्लेख भएकामध्ये थजाली सहित तीन जना घटना भएको दिनदेखि नै फरार थिए । मृतक तिलिजाको घर घेरा हालेर खुकुरी, लाठी र चिर्पट प्रहार गरेर तिलिजाको हत्या गरेको आरोपमा यसअघि दुई जनालार्ई प्रहरीले नियन्त्रणमा लिएर कारागार चलान गरिसकेको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।

जिल्ला अदालत म्याग्दीले २० जनाविरुद्ध नै २०६३ चैत ३० गते अभियुक्त थजालीलाई १९ वर्ष ७ महिनाको कैद फैसला सुनाएको थियो । उक्त घटनामा सङ्लग्न रहेकाहरु जिल्ला अदालतको फैसला विरुद्ध २०६८ जेठ ११ गते पुनरावेदन अदालत पुगेका थिए । पुनरावेदनले २०६८ मङ्सिर २६ गते जिल्लाकै फैसला सदर गरिदियो । त्यसपछि उनीहरू सर्वोच्च अदालत पुगे । सर्वोच्चले पनि २०७२ असार ११ गते जिल्ला र पुनरावेदनकै आदेश सदर गरेको थियो ।