• १९ मङ्सिर २०८२, शुक्रबार

गोरखापत्र संस्थान सेवाबाट रञ्जितको बिदाइ

blog

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी (बायाँ) गोरखापत्र संस्थानको सूचना प्रविधि विभागमा कार्यरत निमित्त प्रबन्धक जुजुकाजी रञ्जितलाई सम्मानित गर्नु हुँदै ।

काठमाडौँ, मङ्सिर १९ गते । गोरखापत्र संस्थानको सूचना प्रविधि विभागमा कार्यरत निमित्त प्रबन्धक जुजुकाजी रञ्जितको उमेर हद ५८ वर्ष पुगेका कारण सेवाबाट बिदाइ गरिएको छ । २०८२ मङ्सिर २० गतेदेखि लागु हुने गरी उहाँ सेवा निवृत्त हुन लाग्नु भएको हो । 

प्राविधिक सेवा कम्युटर कम्प्युटर शाखाका प्रमुखसमेत रहनु भएका रञ्जितले संस्थान सेवामा २७ वर्ष ६ महिना २२ दिन सेवा गर्नु भएको छ । 

बिदाइ कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सम्मानपत्र र मायाको चिनो प्रदान गरी उहाँको बिदाइ गर्नु भयो । महाप्रबन्धक ऐरीले रञ्जित स्पष्ट वक्ता, हक्की स्वभाव र संस्थानलाई माया गर्ने दक्षजनशक्ति भएको उल्लेख गर्दै संस्थान सेवामा रहँदा रञ्जितले पुर्‍याउनु भएको योगदानको प्रशंसा गर्नु भयो । 

यसैगरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, डिजिटल प्रमुख (निमित्त कार्यकारी सम्पादक) नारदमुनि गौतम, सूचना प्रविधि विभागका प्रमुख रेखादेवी श्रेष्ठ, सिटुपी शाखाका प्रमुख तथा कम्प्युटरशाखा इन्चार्ज नरेन्द्र श्रेष्ठसहित अन्य प्रकाशन प्रमुख, विभागीय प्रमुख र सहकर्मीहरूले सेवा निवृत्त रञ्जितको भाबी जीवन सुखमय रहोस भनी कामना गर्नु भयो । सेवा निवृत्त रञ्जितले संस्थानको अझ उन्नति र प्रगति भएको हेर्न चाहेको बताउनु भयो ।