• १२ असार २०८१, बुधबार

घट्यो सुनको मूल्य

blog

काठमाडौं, असार २३ गते । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सयले ओरालो लागेर ९४ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार पाँच सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ ।