• १० मंसिर २०८२, बुधबार

उत्कृष्ट १३ जना उद्यमी सम्मानित

blog

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले आयोजना गरेको उद्यमीहरूलाई सम्मान कार्यक्रम । तस्बिर : हरिकृष्ण ऐडी ।

हरिकृष्ण ऐडी

मुगु, मङ्सिर १० गते । जिल्लाका १३ जना उद्यमी सम्मानित भएका छन् । ११ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले जिल्लाका उद्यमीलाई सम्मान गरेको हो ।

स्थानीय स्रोत साधनको प्रयोग गरी रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा सहयोग पुर्‍याएका उद्यमीलाई सम्मान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कमल भट्टले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा छायानाथ रारा नगरपालिका वडा नं २ को दुर्गा फिमेल ट्रेक नेपाल,न्यु किस्मत चाउमिन उद्योग, रारा विश्वासिलो गलैँचा उद्योग,छायानाथ फर्निचर उद्योग, कर्णाली चाउमिन उद्योग, भानुकोटे पाखो कपडा उद्योग, रारा जुस प्रोडक्सन उद्योग, एस आर टेलर्स एन्ड सटिङ सुटिङ , न्यु अस्मिता बेकरी उद्योग, चङ्खेली ग्रील उद्योग सम्मानित हुनुभएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जानकारी दिएको छ।

कार्यक्रममा प्रदेश सदश्य तथा तत्कालीन कर्णाली प्रदेशका वन तथा पर्यटनमन्त्री जीतबहादुर मल्ल जिल्ला समन्वय समितिका प्रमुख मन्जनबहादुर कार्की, छायानाथ रारा  नगरपालिकाकी उपप्रमुख ऐवश्वर्या शाही मल्ल, प्रमुख जिल्ला अधिकारी खडान्द खत्री, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत कमल भट्ट लगायतले दोसल्ला र प्रमाणपत्रले उद्यमीहरूलाई सम्मान गर्नुभएको कार्यालयका उद्यमी विकास सहजकर्ता रिमल बुढाले बताउनुभयो ।

कार्यक्रममा सहभागी उद्यमीहरूले साना उद्योगमैत्री वातावरण र नीति नियम स्पष्ट नहुँदा उद्यम व्यवसाय फस्टाउन समस्या रहेको बताएका थिए ।