विकास अधिकारी
पश्चिम नवलपरासी, मंसिर १० गते । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलदेखि नेपाल–भारत सिमानासम्मको विद्युत् प्रसारण लाइन निर्माणको शुभारम्भ आज हुँदैछ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिनआर थम्प्सनले संयुक्त रुपमा सुनवल –१३ सूर्यबस्तीमा रहेको न्यू बुटवल सबस्टेशनबाट प्रसारण निर्माणको आज दिउँसो शुभारम्भ गर्ने कार्यक्रम छ ।
परियोजना अन्तर्गत सुनवलदेखि भारतको सिमानासम्म १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । लप्सीफेदीबाट सुरु हुने ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत नवलपरासीमा पर्ने ३३ किलोमिटर प्रसारण लाइनका लागि १ सय २ वटा टावर निर्माण हुनेछ ।
जसमध्ये सुनवल सूर्यबस्तीमा रहेको सबस्टेशनदेखि पाल्हीनन्दनसम्म कुल १८ दशमलव २ किलोमिटरमा ५४ वटा टावर निर्माण हुनेछ । जसको मुआब्जा वितरण अन्तिम चरणमा रहेको एमसीए नेपालले जनाएको छ । एमसीसी परियोजना अन्तर्गत नवलपरासीबाट प्रसारण लाइनको काम सुरु हुन लागेको हो ।