शिवकुमार रिजाल (काशी)
मनहरी (मकवानपुर) । मंसीर ९ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थीलाई पोशाक बितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आफूले प्राप्त गर्ने तलब भत्ताको रकमबाट विद्यालयका नानीबाबुहरुलाई पोशाक प्रदान गर्नुभएको हो । विद्यालयमा नियमित अध्ययन गर्ने, जेहेन्दार तर बिपन्न भएर पोशाक समेत किन्न सक्ने अबस्था नरहेका बालबालिकालाई सहयोग गरिएको अध्यक्ष कालाखेतीले बताउनुभयो ।
विद्यालयमा आयोजित एक समारोहमा पोशाक बितरण गर्दै उहाँले शिक्षाको स्तर नसुध्रेसम्म गाउँ समाजको विकास नहुने भएकाले शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका –४ वडाध्यक्ष प्रकाश थापाले शिक्षा सुधारका लागि भइरहेको प्रयत्नबारे धारणा राख्नुभएको थियो ।