शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, मंसिर ९ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –३ सर्दीमा बम भेटिएको छ । मंगलबार सर्दी हिरौटेबाट पहेँलटाँडी जाने कच्ची बाटोको छेउमा ग्रिनेट बम भेटिएको नवलपुर प्रहरीले जनाएको छ ।
उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त बम नेपाली सेना नम्बर २ वन तथा पर्यावरण गण हात्तीखोरबाट गएको टोलीले डिस्फोज गरेको हो । बम माओवादी जनयुद्धकालमा छाडिएको हुन सक्ने आशंका गरिएको छ ।