शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, मङ्सिर ९ गते । जेनजी आन्दोलनको क्रममा कैलाली कारागारबाट भागेको १९ भारतीयसहित २३७ कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् ।
कैदीबन्दी भागेको अढाई महिनाभन्दा बढी समय भइसकेपनि अझै पनि धेरै कैदी पक्राउ पर्न नसकेका हुन । कारागारमा रहेकामध्ये ६६५ कैदीबन्दी फरार भएका थिए । फरार कैदीमध्ये १९ जना भारतीयपनि रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।
कारागार प्रशासनका अनुसार फरारमध्ये आफै फर्केका र पक्राउ गरिएका ४२८ कैदीबन्दी कारागार फर्किसकेका छन् । कारागार फर्केकामध्ये केही कैदीबन्दी कैद भुक्तान गरेर छुटिसकेका छन् ।
अहिले नयाँ थपिएकासहित कारागारभित्र ४४४ जना कैदीबन्दी रहेको जेलर चिरञ्जिवी सापकोटाले जानकारी दिनुभयो । जसमा ३८ जना महिला रहेका छन् । फरार कैदीबन्दीहरुलाई पक्राउको प्रयास भइरहेको जेलर सापकोटाले बताउनुभयो ।