• १२ असार २०८१, बुधबार

नाडाल विम्बल्डनको सेमिफाइनलमा

blog

टेलर फ्रिट्जमाथि जित निकालेपछि राफेल नाडाल । तस्बिर : एपी

काठमाडौं, असार २३ गते । स्पेनिस टेनिस स्टार राफेल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । लन्डनमा बुधबार राति भएको खेलमा नाडालले अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभएको हो ।

दोस्रो वरियताका नाडालले ११औं वरीयताका टेलरमाथि ३-६, ७-५, ३-६, ७-५, ७-६(१०-४) संघर्षपूर्ण जित निकाल्नुभयो । फाइनल प्रवेशका लागि नाडालले निक क्रिगोससँग प्रतिस्पर्धा गर्नुहुनेछ । कीर्तिमानी २२औं ग्रान्डस्लाम विजेता ३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको जित्नुभएको छ । एजेन्सी