शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ९ गते । नेपाल प्रिमिर लिग (एनपिएल) अन्तर्गत अहिले लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले फिल्ड रोजेपछि सुरुमा काठमाण्डुले ब्याटिङ गर्ने भएको हो ।
तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको सामान दुई दुई अङ्क छ । उद्घाटन खेलमा जनकपुरमाथि पाँच विकेटको जित निकालेको काठमाण्डुले त्यसपछि लगातार सुदूरुपश्चिमसँग २९ र विराटनगरसँग पाँच विकेटको हारको सामना गरेको छ ।
पहिलो खेलमा चितवनमाथि ६ विकेटको जित निकालेको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटले पराजित भएको थियो । दुवै टिम आज जित निकाल्ने लक्ष्यका साथ मैदानमा छन् ।