• ९ मंसिर २०८२, मङ्गलबार

नेपाल इन्डोनेसियासँग खेल्न तयार

blog

खेलअघि आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेपाली टोलीका प्रशिक्षक र कप्तान ।

काठमाडौँ, मङ्सिर ९ गते । त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले बुधबार घरेलु टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल, इन्डोनेसिया र चाइनिज ताईपेइ सम्मिलित यस प्रतियोगितालाई नेपालले आफ्नो स्तर जाँच्ने अवसरको रुपमा लिएको छ । 

खेलअघि मङ्गलबार आयोजित प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियासँगको खेलका लागि नेपाली खेलाडी शारीरिक र मानसिक रुपमा तयार रहेको बताउनुभयो ।

‘‘घरेलु टोलीसँग खेल्न गाह्रो नै हुन्छ । तर पनि हामी कडा टक्कर दिनेछौँ । छोटो तयारी गरेर आए पनि टोलीमा सबै खेलिरहेका खेलाडी भएकोले कुनै असर पर्दैन,’’ न्यौपानेले भन्नुभयो । 

नेपाली टोलीका कप्तान एन्जिला सुब्बाले पनि नेपालले पछिल्लो समय धेरै अन्तर्राष्ट्रिय खेल खेलिरहेकोले यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने बताउनुभयो ।

चोटका कारण प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर नरहेकोले नेपालाई उहाँहरुको अभाव खड्किनेछ । 

इन्डोनेसिया जानुअघि प्रशिक्षक न्यौपानेले साम्बाबिना खेल्दा नेपाललाई लियोनम मेस्सीबिनाको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल जस्तो हुने बताउनुभएको थियो । 

फिफा टायरअन्तर्गत खेल्न लागिएको यस प्रतियोगितालाई नेपालले आगामी महिला साफ च्याम्पियनसिपको तयारीको रुपमा समेत लिएको छ ।

यस्तै घरेलु टोली इन्डोनेसिया र चाइनिज ताईपेइका प्रशिक्षक तथा कप्तानले पनि उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नुभयो । नेपालले दास्रो खेल डिसेम्बर २ तारिख चाइनिज ताईपेइसँग खेल्नेछ ।