शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजूत महामहिम साद अबुहैमेदले शिष्टचार बिदाइ भेट गर्नुभएको राष्ट्रपति कार्यलयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल र साउदी अरेबियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
साथै राष्ट्रपति पौडेलले राजदूतलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।