• ९ मंसिर २०८२, मङ्गलबार

भिरबाट बालिकाको उद्धार

blog

बालिकालाई भिरबाट उद्धार गरिँदै । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर ९ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–५, ढुसिनीपुलमा एक बालिकाको भिरबाट उद्धार गरिएको छ । सोमबार राति करिब १४ वर्षीया रजना स्याङ्तान भिरमा फसेको अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले उहाँको उद्धार गरेको हो ।

घरबाट छबेली बजार जाने भनेर एक्लै हिँडेकी बालिका खहरे खोलाको भिरबाट करिब ५० मिटर तल खसेरबिच खोल्सामा अड्किनुभएको थियो । स्थानीयले खबर दिएपछि प्रहरी टोली उहाँ रहेको स्थानमा पुगेर सुरक्षित रूपमा उद्धार गरेको प्रहरीले जनाएको छ ।

उद्धारपछि घाइते बालिकालाई प्रारम्भिक उपचारका लागि भीमफेदी स्वास्थ्य चौकी पठाइएको र थप उपचारका लागि हेटौँडा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । बाहिरी चोट नभए पनि ढाडमा भित्री चोट लागेको बताइएको छ । घटनास्थल बालिकाको घरदेखि करिब २०० मिटर दूरीमा छ ।