शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), मङ्सिर ९ गते । पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरी नसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताउनुभयो । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताउनुभयो । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।रासस