शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ९ गते । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४७ हजार कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार २०० कायम भएको छ ।
हिजो सुनको मूल्य प्रति तोला दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ११५ मा कारोबार भएको थियो । एक दिनपछि सुनमा पाँच हजार २०० र चाँदीमा ८५ को वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदै ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस