• १२ असार २०८१, बुधबार

मुसिकोटलाई १२औं राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि

blog

राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन गरिँदै । तस्बिर : गोरखापत्र

गुल्मी समाचारदाता 

गुल्मी, असार २३ गते । गुल्मीको मुसिकोट नगरपालिकाले १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि उचालेको छ । तीन दिनसम्म सदरमुकाम तम्घासमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण, सात रजत र आठ कास्य सहित कुल ३१ पदकसहित मुसिकोट नगरपालिका च्याम्पियन बनेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ असार १८, १९ र २० गते सदरमुकाम तम्घासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका दोस्रो र चन्द्रकोट गाउँपालिका तेस्रो भएका जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुल्मीदरबार गाउँपालिकाले ६ स्वर्ण, पाँच रजत र सात कांस्य सहित कूल १८ पदक जित्यो । चन्द्रकोट गाउँपालिकाले पाँच स्वर्ण, ११ रजत र १२ कांस्य गरी कूल २८ पदक जितेको छ। प्रतियोगितामा ४३ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । सहभागी खेलाडीले भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र करातेमा प्रतिस्पर्धा गरेका थिए ।