• ९ मंसिर २०८२, मङ्गलबार

उत्तरी युरोपदेखि आइपुग्यो हुटिट्याउँको बथान

blog

दमक समाचारदाता

दमक, मङ्सिर ९ गते । हिउँद सुरु भएसँगै विदेशी चराका बथान झापाको मेचीनगरमा देखा पर्न थालेका छन् । उत्तरी युरोपदेखि हजारौँ माइलको यात्रा तय गर्दै आकर्षक पन्छी हुटिट्याउँको एउटा बथान मेचीनगर आइपुगेको छ । समूहगत रूपमा बसोबास गर्ने, सुन्दर बनावट र अनौठो रङ संयोजनका कारण विश्वकै मनमोहक प्रवासी चरामध्ये यो एक भएको चराको खोज तथा अनुसन्धानमा संलग्न फोटोग्राफर देवेन्द्र खरेलले बताउनुभएको छ ।

उहाँँँले मेचीनगर–४ मा चराको खोजी र फोटो लिने व्रmममा एकै ठाउँमा ११६ वटा हुटिट्याउँका ठुलो बथान देखिएको बताउनुभयो । प्रत्येक वर्ष यो मौसममा युरोपदेखि यहाँ चरा आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसभन्दा अघि कहिलेकाहीँ सीमित सङ्ख्यामा मात्र देखिने यो प्रजाति यस पटक भने ठुलो सङ्ख्यामा यहाँ आइपुगेको देखिएको छ । यो खोज र अनुसन्धानका लागि साच्चिकै महìवपूर्ण छ ।”

चरा खोज तथा अनुसन्धानकर्ता खरेलका अनुसार उत्तरी युरोप र साइबेरिया जस्ता मुलुकबाट जाडो छल्न यी चरा सुरक्षित स्थल खोज्दै नेपाल आइपुगेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

अर्का चरा तथा पन्छी खोजकर्तासमेत रहनुभएका फोटोग्राफर शङ्कर लुइटेलका अनुसार मेचीनगरका विभिन्न ठाउँ दुर्लभ चराको खोज र अनुसन्धान गर्न एउटा महìवपूर्ण स्थल बन्ने देखिएको छ । यसभन्दा अघि मेचीनगरमा दुर्लभ पन्छीको प्रजातिमा पर्ने हरित परेवाको ठुलो बथान एकै ठाउँमा भेटिएको थियो ।