• ९ मंसिर २०८२, मङ्गलबार

निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग

blog

काठमाडौँ, मङ्सिर ९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ ।

जनसङ्ख्याका आधारमा प्रतिनिधित्व लोकतन्त्रका मूल आधार भएको भन्दै दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने पार्टीको धारणा रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभएको छ ।

‘‘जसपा नेपालले राष्ट्रिय सभालाई प्रादेशिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी हुने गरी हाउस अफ नेस्नालिटीज बनाउनुपर्ने प्रस्ताव राखेको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने तथा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था गर्नुपर्ने जसपा नेपालको माग छ,’’ बस्नेतले भन्नुभयो ।  

त्यस्तै पार्टीले भौगोलिक रूपमा अत्यन्त विकट रहेको हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुुनिश्चत गर्नुपर्नेमा जोड दिएको छ ।  

जसपा नेपालले स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकारअन्तर्गत राख्न र स्थानीय तहको निर्वाचन गैर–दलिय आधारमा गर्ने व्यवस्था हुनुपर्ने जनाएको छ ।