काबुल (अफगानिस्तान), मङ्सिर ६ गते । काबुल र इस्लामाबादबिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीलाई कठिनाइ भएको जनाइएको छ ।
उनीहरुलाई उदृत गर्दै उत्पीडन र जबरजस्ती निष्कासनको सिकार भएको टोलो न्यूजले रिपोर्ट गरेको छ । आप्रवासीले तनावपूर्ण राजनीतिक वातावरणले उनीहरूको दैनिकी कठिन बनाएको बताउदै आएको जनाइएको छ । टोलो न्यूजका अनुसार, केही अफगान आप्रवासीमाथि पछिल्लो समयमा प्रहरीकोे दुव्र्यवहार अझै गम्भीररुपमा बढ्दै गएको छ भने प्रहरीले सडक, पसल तथा घरमै पक्राउ गर्ने र घुस लिने गरेका छन् ।
टोलो न्यूजले सामाजिक सञ्जालमा राखेको भिडियो फुटेजमा पाकिस्तानी प्रहरीले सार्वजनिक भेलाको क्रममा अफगान आप्रवासीविरुद्ध नारा लगाउँदै उनीहरूलाई हटाउन आह्वान गरेको देखिन्छ । यी घटनाक्रमको प्रतिक्रियामा, आप्रवासी अधिकारकर्मीले यस विषयलाई राजनीतिकरण नगर्न चेतावनी दिँदै मनमानी गिरफ्तारीले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको जनाका छन् । रासस/एएनआई