• १३ साउन २०८१, आइतबार

जङ्गली च्याउ नखान आग्रह

blog

काठमाडौं, असार २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । मन्त्रालयले सूचना निकाल्दै जङ्गली च्याउ विषलु हुने भन्दै नखान आग्रह गरेको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले वर्षयाममा जङ्गलमा उम्रिन जङ्गली च्याउहरु विषलु हुने भएकाले च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुनसक्ने बताउनुभयो । 

जङ्गली च्याउको विष पकाउँदा पनि कम नहुने हुँदा जङ्गली च्याउ कहिल्लै नखान मिश्राको आग्रह छ ।