• १६ भदौ २०८१, आइतबार

२४ घण्टामा ९० जनामा कोरोना पुष्टि

blog

काठमाडौं, असार २२ गते । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना सङ्कमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राका अनुसार २४ घण्टामा एक हजार ५४९ जनाको आरटी पिसिआर परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी, एक हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनाको कोरोना पुष्टि भएको डा. मिश्राले जानकारी दिनुभयो ।

योसँगै नेपालमा सक्रिय सङ्मितको सङ्ख्या ४७१ पुगेका छन् ।

सोही समयमा २० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । २४ घण्टामा ९४ हजार ४० जनाले  कोरोनाविरुद्धको खोप लगाएका छन् ।