• २ मंसिर २०८२, मङ्गलबार

खेल क्षेत्रलाई प्राथमिकता साथ अगाडि बढाउँछौं : मुख्यमन्त्री शाह

blog

रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, मङ्सिर २ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताउनु भएको छ । 

कैलालीको बौनियाँमा मङ्गलबार फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदको विकासका लागि स्पष्ट नीति तथा खाका तयार गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । 

उहाँले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम खेलकुद बनेको उल्लेख गर्नुभयो । खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकारले पर्याप्त बजेट सुनिश्चित गर्नु पर्ने उहाँको भनाइ थियो ।