• २ मंसिर २०८२, मङ्गलबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

blog

फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बढेर दुई हजार ५६६ दशमलव ०७ विन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैँक लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सहास ऊर्जा लिमिटेडको सबैभन्दा धेरै २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ ।