• १ मंसिर २०८२, सोमबार

एनपिएल क्रिकेटको दोस्रो संस्करण सुरु

blog

एनपिएल क्रिकेटको दोस्रो संस्करणमा टस गर्दै । तस्बिरः विकाश द्वारे र कविन अधिकारी

काठमाडौँ, मङ्सिर १ गते । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

काठमान्डु गोर्खाजले टस जितेर पहले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो ।

खेलको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुभएको हो । 




 सोमबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने छ । 


क्रिकेटको दोस्रो संस्करण हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरू भएको छ । क्रिकेट  मैदानमा दर्शकदीर्घाले भरिँदैछ । 



साथै दर्शक सुरक्षाका नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटाइएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् ।