शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
साधन घर्ती
म्याग्दी (दरबाङ), कात्तिक २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान स्थित पर्यटकीय स्थल महभीर झरनामा रमाउँदै नेपाली पर्यटकको सङ्ख्या बढेको छ ।
मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक नजिकै रहेको यस झरना पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरूको मुख्य रोजाइमा पर्न थालेको हो ।
आकर्षक, सुन्दर र मनमोहक झरना पहाडको माथिबाट कलकल गर्दै झरनालाई पृष्ठभूमिमा पारेर फोटो तथा भिडियो खिच्नेको भीड लाग्ने गर्दछ।