• ७ जेठ २०८१, सोमबार

बढ्दै सङ्क्रमित, थप ७३ जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, असार २१ गते । पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९४४ आरटी पीसीआर परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, एक हजार १६८ एन्टिजेन परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । कुल तीन हजार ११२ जनामा परीक्षण गर्दा ९० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमण मुक्त भएका छन् । अहिले देशभर ४०१ जना सक्रिय सङ्क्रमित छन् ।

२४ घण्टामा एक लाख ११ हजार ५३१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।