• २७ कात्तिक २०८२, बिहिबार

पुसभित्र महाधिवेशन गर्न सुझाव

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, कात्तिक २७ गते । नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन पुसभित्र गर्न प्रस्ताव गर्नुभएको छ । असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले विशेष महाधिवेशन गर्न नहुने बताउनुभएको हो । उहाँले पुसभित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्तुत गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँहरूले विशेष महाधिवेशन गर्दा पार्टीमा विग्रह आउन सक्ने भएकाले नियमित महाधिवेशन तयारीमा जुट्न ध्यानाकर्षण गराउनुभयो । केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गर्ने पक्षलाई पनि समेट्न आग्रह गर्नुभयो । 

बैठकमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशाङ्क कोइराला, बलबहादुर केसी, डा. नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जितजङ्ग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले बोल्नुभयो ।