चित्रकुमार मिजार
सिन्धुपाल्चोक, कात्तिक २० गते । अधिवक्ता मुकेश सेन्चुरी नवोदित कानुन व्यवसायी सरोकार समिति सदस्यसचिवमा मनोनीत हुनुभएको छ ।
नेपाल बार एशोसिएसनको विधान, २०४८ (संशोधनसहित) बमोजिम केन्द्रीय कार्यसमितिको निर्णयनुसार गठित नवोदित कानुन व्यवसायी सरोकार समितिमा सेन्चुरी सदस्यसचिव मनोनीत हुन भएको हो ।
युवा पुस्ताको नेतृत्व र दृष्टिकोणसहित कानुनी क्षेत्रमा नयाँ उर्जा थप्ने उद्देश्यले नेपाल बार एशोसिएसनले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो ।
उक्त समितिले नेपाल बार एसोसिएसनसँगै घनिष्ठ समन्वय, सहकार्य गर्दे नवप्रवेशी कानुन व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक दक्षता अभिवृद्धि, पेसागत नैतिकता सुदृढीकरण र युवा वकिलहरु बीच सहकार्यको वातावरण निर्माण लगायतका कार्ययोजना गर्ने भएको छ ।
नेपाल बार एशोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सेन्चुरीलाई सदस्यसचिव नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको थियो ।
उक्त समयमा बारका कोषाध्यक्ष जगतबहादुर कार्की, दमनबहादुर चन्द, रञ्जिता कार्कीका सहभागिता रहेको उपस्थिति थियो ।
कात्तिक १९ गते राजधानीमा युवा अधिवक्ता कैलाश तामाङको संयोजकत्वमा २ सय ३७ जना युवा अधिवक्ताको समिति चयन गरिएको छ ।
मुकेश सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ७ का स्थायी बासिन्दा हुनुहुन्छ । सेन्चुरी दलित समुदायबाट अधिवक्ता भएपछि अन्य दलित युवाहरू कानुन विषयमा अध्ययन गर्न थालेका छन् ।