• २० कात्तिक २०८२, बिहिबार

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

blog

देवदह (रुपन्देही),  कात्तिक २० गते । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु. २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । 

भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु. नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु. नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु. नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको छ । 

जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो । रासस