मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, कात्तिक २० गते । जेनजी समूहको आन्दोलनमा भएको तोडफोड र आगजनीका कारण ध्वस्त भएका अभिलेख जुटाउने प्रयासमा हेटौँडा उपमहानगरपालिका लागेको छ । कार्यालयमा भएका महìवपूर्ण ऐतिहासिक अभिलेख नष्ट भएपछि जुटाउने उपायको खोजीमा लागेको हो । उपमहानगरले आन्दोलनपछि सेवा प्रवाहलाई सामान्य बनाउँदै अगाडि बढेको भए पनि पुराना अभिलेख सङ्कलनमा भने समस्या पर्दै आएको छ ।
कार्यालयका प्रवक्ता सविन न्यौपानेले नगरपालिकाले समालेर राखेका पुराना योजना, बजेट विवरण तथा ऐतिहासिक अभिलेख नष्ट भएको जानकारी दिनुभयो । ती अभिलेखलाई पुरानै रेकर्डमा सङ्कलन गर्न चुनौती भएको उहाँले बताउनुभयो । चुनौतीबिच पनि कार्यालयले काम भने अगाडि बढाएको उहाँको भनाइ छ । पुराना अभिलेख खडा गर्न र नयाँ अभिलेख तयार गर्न आधिकारिक कार्यदल गठन गरेर अगाडि बढेको प्रवक्ता न्यौपानले जानकारी दिनुभयो । उपमहानगरपालिकाले सबैभन्दा अगाडि बजेट संशोधन प्रव्रिmयालाई प्राथमिकतामा राखेकोे छ । कार्यालयका पुराना अभिलेख रिकभर, बजेट संशोधनको तयारी तथा नयाँ अभिलेखलाई अब कसरी व्यवस्थित बनाउने र भौतिक संरचना पुनर्निर्माणलाई कसरी तीव्रता दिने भन्ने अभियानमा जुटेको हो ।
“बजेट संशोधनको प्रव्रिmयाबाट नगरपालिकाको भौतिक संरचनाको पुनर्निर्माणमा लागिरहेका छौँ । रेकर्डमा रहेका पुराना डाटालाई पुनप्र्राप्ति गरिरहेका छौँ । ठेकेदार कम्पनीसँग रहेका डाटा मगाएर रेकर्डमा राख्ने काम भइरहेको छ । भुक्तानीका व्रmममा रहेका उपभोक्ता समितिका फाइल मगाएर प्रतिलिपि उतार्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो ।
“महìवपूर्ण अभिलेख जल्दा सम्पूर्ण योजना पनि जलेका छन् । बजेट किताब उपलब्ध नभइसकेकाले अन्य कुनै विकास निर्माणका काम अगाडि बढाउन सकिने अवस्था छैन । नगरपालिकाले आर्थिक र भौतिक पाटोलाई सक्दो व्यवस्थापन गरेर नागरिकलाई सेवा प्रवाह गरिरहेको छ,” प्रवक्ता न्यौपानेले भन्नुभयो ।
कार्यपालिकाको बैठकले अभिलेख पुनस्र्थापना कार्यदल गठन गरेर कामलाई तीव्रता दिने तयारीमा रहेको जानकारी दिनुभयो । हाल उपमहानगरले आफ्नै कर्मचारीमार्फत भवनको रङरोगन र सवारी सुविधा मर्मत जस्ता कार्य गर्दै आएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले सेवा प्रवाहमा कुनै समस्या नभएको जानकारी दिनुभयो । प्राविधिक र आर्थिक समस्याका बाबजुद सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ । “उपमहानगरका भवन बस्नयोग्य भएको प्राविधिक विज्ञ टोलीले बताएको छ । जमिनतलका कोठामा रेट्रोफिट गर्नुपर्ने छ । त्यसका लागि दक्ष प्राविधिक टोलीलाई बोलाएका छौँ,” उहाँले भन्नुभयो ।
“हामी सेवा दिने कुरामा अगाडिकै लयमा फर्किसकेका छौँ । अब भवन पुनर्निर्माणको काम सकेर आआफ्ना स्थानबाट सेवा दिने तयारीमा छौँ । वडा कार्यालयसँग समन्वय गरेर पनि भुक्तानी दिने कार्यलाई हामीले रोकेका छैनौँ,” उहाँले भन्नुभयो ।
आन्दोलनका कारण उपमहानगरले ३२ करोड ५० लाख ७० हजार रुपियाँ बराबरको क्षति बेहोरेको छ । आन्दोलनका कारण १६ करोड ३७ लाख ८८ हजार रुपियाँ बराबरको भौतिक क्षति र सवारीसाधनमा छ करोड ७३ लाख ४० हजार रुपियाँ बराबरको क्षति पुगेको हो ।
नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय र सेवा केन्द्रका कार्यालयमा भएका कम्प्युटर, उपकरण, फर्निचरलगायतमा क्षति हुँदा नौ करोड ३९ लाख ४२ हजार रुपियाँ बराबरको आर्थिक भार नगरपालिकालाई थपिएको छ ।