• २० कात्तिक २०८२, बिहिबार

बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते

blog

अर्जुन कार्की

काठेखोला (बागलुङ), कात्तिक १९ गते । बागलुङमा बुधबार साँझ अटो रिक्सा दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

बुधबार बागलुङ नगरपालिका वडा नम्बर ४ गौरीधाम मन्दिरबाट बागलुङ बजार तर्फ आउँदै गरेको ग.प्र.०२००१ ह ००५५ नम्बरको अटो रिक्सा गौरीधाम मन्दिर नजिकै दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा अटो चालक बागलुङको जैमिनी नगरपालिका–३ बस्ने ५० वर्षीय चेतबहादुर छन्त्याल, ५५ वर्षीया बागमती थापा, ढोरपाटन नगरपालिका-६ बस्ने २३ वर्षीया सम्झना भण्डारी, ५० वर्षीया गौतम भण्डारी र १८ वर्षीय समिर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो । 

घाइतेहरूको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको प्रनि थापाले जानकारी दिनुभयो ।घाइतेहरूको टाउको, हात, निधार र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

अटो रिक्सा उकालोमा अचानक व्याक भई सडकदेखि अन्दाजी १० मिटर तल खसेको प्रनि थापाले बताउनुभयो । दुर्घटनामा अटो पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।