शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक १९ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले कात्तिक २२ गते शनिबार बस्ने मधेश प्रदेशसभाको वैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्री सोनारले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाइ दिन प्रदेशसभा सचिवालयमा बुधबार पत्र पठाएपछि प्रदेशसभा सचिवालय मधेश प्रदेशले कात्तिक २२ गते शनिबार दिनको १ बजे प्रदेशसभाको वैठक अह्वान गरेको छ ।
मुख्यमन्त्री सोनारको तर्फबाट प्रतिनिधित्व गर्दै लोसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता जैनुल राइनको नेतृत्वमा गएको नेताहरूको एक टोलीले मुख्यमन्त्रीको विश्वासको मतका लागि आज प्रदेशसभा सचिवालयमा पत्र बुझाएको थियो ।