• १९ कात्तिक २०८२, बुधबार

सलहेश फाइनललमा प्रवेश

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक १९ गते । सिराहाको सलहेश फुटबल क्लब पाँचथर क्लबलाई ४-१ गोलले हराउँदै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मध्यान्तर सम्म गोल रहित बराबर रहेको खेलमा मध्यान्तर पछि  सलहेशले लगातार  गोल गरेको थियो । रोहन कार्कीले खेलको ६६ओैँ मिनेटमा टिमका लागि पहिलो गोल गर्नुभयो । 

७०ओैँ मिनेटमा  पाँचथर क्लब अभिषेक लिम्बूले लगत्तै गोल  गरेर खेललाई १-१ को बराबरीमा पुर्‍याउनु भयो । तर, ७२ओैँ मिनेटमा रोमन भुजेल र ७३ओैँ मिनेटमा रोहन कार्कीले सलहेशका लागि गोल गर्दै खेलमा ३-१ को फराकिलो अग्रता बनाउनुभयो । 

सलहेशका  कोमल खवासले अतिरिक्त समयमा थप एक गोल गर्दै टिमको  जितलाई अझ फराकिलो बनाउनुभयो । ४(१ गोलले विजयी भएको सलहेश फुटबल क्लबका रोहन कार्की आजको खेलमा म्यान अफ द म्याच घोषित हुनुभयो ।

उहाँलाई  ५ हजार रुपियाँ सहित ट्रफी प्रदान गरियो । बिहीबार दोस्रो सेमिफाइनल खेल आयोजक पथरी ११  फुटबल क्लब र एनआरटी काठमाडौँबिच हुने छ ।