• १९ कात्तिक २०८२, बुधबार

विश्वकप लिग-२ : नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

blog

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपालका भीम सार्की । तस्बिरः क्यान

काठमाडौँ, कात्तिक १९ गते । दुबईमा आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरव इमिरेट्स (युएई) लाई दुई सय ४० रनको लक्ष्य दिएको छ ।

आइसिसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३९ रन बनायो । 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाउनुभयो । यस्तै कुशल मल्लले ४५ रन नाउनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपर आशिफ शेखले ३४, आरिफ शेखल ३० र सन्दीप लामिछानेले १५ रन बनाउनुभयो । 

बलिङमा युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई दुई तथा जाहिद अलले एक विकेट लिनुभयो । नेपाल आज यस शृङ्खलामा सान्त्वना जित निकाल्ने अभियानमा छ । नेपालले अघिल्ला तीन खेलमा हार खेपेको थियो ।