• १६ कात्तिक २०८२, आइतबार

बालगोपाल र चेतन फुटबल टोलीको सहायक प्रशिक्षक

blog

काठमाडौँ, कात्तिक १६ गते । बालगोपाल साहुखल र चेतन घिमिरे नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार बालगोपाल र चेतनलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । 

एन्फाले शुक्रबार मात्र राष्ट्रिय टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरेको थियो । एन्फाले प्रशिक्षक हरिसहित सहायक प्रशिक्षकद्वयलाई नोभेम्बर १३ मा बङ्गलादेशसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका छ ।

एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ । छनोटको पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।