• १६ कात्तिक २०८२, आइतबार

‘हर्ष’ को नयाँ पोस्टर

blog

काठमाडौँ, कात्तिक १६ गते । चलचित्र ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका तीन कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन बादीले निर्वाह गरेका पात्रलाई प्रस्तुत गरिएको छ । पोस्टरले चलचित्र पूर्ण रूपमा पारिवारिक कथामा निर्माण भएको सङ्केत गरेको छ । पोस्टरमा खगेन्द्र र वर्षा छोरासँग खुसी मुद्रामा देखिनुभएको छ ।

मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई एकता पौडेलले निर्देशन गर्नुभएको छ । चलचित्रमा खगेन्द्र, वर्षा र साइमनसहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, सुवर्ण थापालगायत कलाकारको अभिनय रहेको छ ।