• १५ कात्तिक २०८२, शनिबार

काभा यु–१९ भलिबल टोलीको बिदाइ

blog

काठमाडौँ, कात्तिक १५ गते । श्रीलङ्कामा कात्तिक १८ देखि २३ गतेसम्म आयोजना हुने काभा यु–१९ महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीका बिदाइ गरिएको छ । 

खेलाडीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र नेपाल भलिबल सङ्घका पदाधिकारीले शनिबार एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । कोलोम्बोमा हुने च्याम्पियनसिपमा आयोजक श्रीलङ्कासहित नेपाल, माल्दिभ्स र कीर्गिस्तानको सहभागिता रहनेछ । नेपाली टोली आइतबार श्रीलङ्का जानेछ । 

च्याम्पियनसिपका लागि प्रशिक्षक कुमार राईले यसअघिनै खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ । टोलीका खेलाडीमा कप्तान जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, क्रिस्मा डांगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, स्न्निता खत्री, रेविका लामा तामाङ र विनिता राना हुनुहुन्छ ।