• १५ कात्तिक २०८२, शनिबार

करेन्ट लागेर महिलाको मृत्यु

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), कात्तिक १५ गते । सप्तरीको बोदेबर्साईन नगरपालिकामा शनिबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । नगरपालिको वडा –२ बैरियास्थित लुगा सुकाउने क्रममा फलामको तारमा करेन्ट प्रवाह भई २८ वर्षीय मालतीदेवी साहको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते साहलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । मालतीलाई बचाउने क्रममा करेन्ट लागेर घाइते हुनुभएका उहाँकी सासू ५० वर्षीया सीतादेवी साह र छिमेकी ६० वर्षीया रामपृत साहको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । 

स्थानीय मोहन साहको घरमा रहेको विद्युत बोर्डबाट लुगा सुकाउने फलामको तारमा करेन्ट प्रवाह हुँदा लुगा सुकाउने क्रममा साहकी बुहारी मालतीदेवी साह, उहाँलाई बचाउने क्रममा सासू सीतादेवी साह र छिमेकी रामपृत साह पनि करेन्टको चपेटामा परेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।