• १५ कात्तिक २०८२, शनिबार

कराते स्टार एरिका सम्मानित

blog

एरिका गुरुङलाई सम्मान गरिदै ।

काठमाडौँ, कात्तिक १५ गते । नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ सम्मानित हुनुभएको छ ।

क्यानाडामा बासोबास गर्दै आउनुभएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले एरिकालाई शनिबार सम्मान गर्नुभएको हो ।

मलेसियामा हालै भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई ५० हजार रुपियाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो ।

एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुनुहुन्छ । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहकलगायतको उपस्थिति थियो ।

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दै हुनुहुन्छ । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गर्नुभएको हो । उहाँसँगै एकल कातामा सानुमाया थिङले पनि विश्व च्याम्पियनसिपमा खेल्दै हुनुहुन्छ ।