अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १५ गते । रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा ३४ लाख एक हजार ३१५ रुपियाँ ८४ पैसा नाफा आर्जन गरेको छ ।
२०५९ जेठ ५ गते स्थापना भएको सहकारीले २४ औं वार्षिक साधारण सभाको अवसरमा जानाकारी गराएको हो । सहकारीले तीन करोड २७ लाख २९ हजार ४२१ रुपियाँ २६ पैसा आर्जन गर्दै दुई करोड ९३ लाख २८ हजार एकसय पाँच रुपियाँ ४२ पैसा खर्च गरेको सहकारीले कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गर्दैआएको छ ।
तीन करोड ६८ लाख सात हजार चार सय शेयर पुँजी रहेको सकारीले २३ करोड ४९ लाख ९७ हजार ७८ हजार दुई सय दुई रुपियाँ ६८ पैसा निक्षेप संकलन र १८ करोड ९५ लाख ७१ हजार ९ सय ९९ रुपियाँ ऋण लगानी गरेको सहकारीका अध्यक्ष विष्णुप्रसाद पोखरेलले जानाकारी दिनुभयो ।
संस्थाले आर्थिक वर्ष २०८२–८३ मा एक करोड ४७ लाख ९० हजार रुपियाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको छ । सहकारीको साधारण सभामा मुक्तीनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफ्लेले सहकारीहरु नाफा मात्र होइन, सेवामा पनि जोडिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रोयल सहकारीका संस्थापक भरतराज ढकाल, रोयल सहकारीका पूर्व अध्यक्ष भरतप्रसाद लम्साल, मुक्तिनाथ विकास बैंकका पूर्व सञ्चालक वरिष्ठ अधिवक्ता रामप्रसाद पोखरेल, मुक्तिनाथ विकास बैंकका सिइओ प्रद्युम्न पोखरेल, मानव मिलन संस्थाका केन्द्रीय अध्यक्ष नारायणप्रसाद पौडे लगायतले मन्तव्य राख्नुभएको थियो ।
साधारण सभामा पत्रकार महासङ्घका गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देललाई सहकारीले सम्मान गरेको संस्थाका सचिव प्रकाश डोटेलले बताउनुभयो ।