• १५ कात्तिक २०८२, शनिबार

आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौड़मा नौ जनाको मृत्यु

blog

मुम्बई, कात्तिक १५ गते । दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताउनु भएको छ । 

उहाँले मन्दिरमा भक्तको भीडभाडको बिचमा भागदौड हुँदा नौ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा आफ्ना प्रियजन गुमाउनेप्रति समवेदना व्यक्त गर्दैै घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताउनुभएको छ ।  

यस अघि सेप्टेम्बरमा, तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता-राजनीतिज्ञ विजयको चुनावी र्यालीमा भागदौड भएपछि कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । यसै गरी जुन कहिनामा, ओडिसा राज्यमा भागदौड हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।  

अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि भेला भएका हजारौँ भक्तको बिचमा भागदौड मच्चिँदा छ जनाको मृत्यु भएको थियो भने जनवरीमा, उत्तरी सहर प्रयागराजको हिन्दू मेगा पर्व कुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । रासस/एएफपी