• १५ कात्तिक २०८२, शनिबार

मुगुमा प्रभावकारी देखिएन मतदाता नामावली दर्ता कार्य

blog

हरिकृष्ण ऐडी
मुगु,कार्तिक १५ गते ।
मुगुमा उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य अगाडि नबढेको पाइएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि जिल्लामाको निर्वाचन कार्यालयमा सेवाग्राहीहरुले उत्साहकजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता नगराइएको पाइएको हो ।

निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय मुगुले असोज १० गतेबाट मतदाता नामावली दर्ता कार्य सुरु भएको हो । निर्वाचन कार्यालय मुगुको जानकारी अनुसार यस जिल्लामा हालसम्म ७७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हालसम्म पुरुष ४३ र महिला ३४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

नाम दर्ता गराएकामध्ये ७२ जना जिल्लामै भोट हाल्ने छन् भने पाँच जनाले जिल्ला बाहिर भोट हाल्ने भएका छन् । यस जिल्लामा तीव्र रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य नभएको जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख धनकृष्ण बढुवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मतदाता नामावलीमा धैरैजना लाभान्वित हुन् भन्ने उद्देश्यले जिल्लाका चार वटा पालिकालाई तीन पटकसम्म पत्रचार गरेको छु । तैपनि निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ताका लागि उत्साह नभएको देखिएको छ ।’’ मतदाता नामावलीमा नाम दर्ताका लागि जिल्लाका राजनीतिक दलले पनि प्रचारप्रसारमा सहजिकरण गर्न आवश्यक देखिएको छ ।

जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लका अनुसार निर्वाचन कार्यालयको एउटा स्टेशन जिल्ला प्रशासन कार्यालयमा पनि स्थापना भएमा लाभान्वित थप बढ्ने उहाँको सुझाव रहेको छ ।