काठमाडौँ, कात्तिक १५ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ र बिक्रीदर १६४ रुपियाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १९ पैसा र बिक्रीदर १८६ रुपियाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ६३ पैसा र बिक्रीदर १७७ रुपियाँ ३८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ७५ पैसा र बिक्रीदर ९३ रुपियाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ १५ पैसा र बिक्रीदर १०१ रुपियाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९७ पैसा र बिक्रीदर १०९ रुपियाँ ४३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९२ पैसा र बिक्रीदर २० रुपियाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८८ पैसा र बिक्रीदर ३९ रुपियाँ ०५ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३९ पैसा र बिक्रीदर चार रुपियाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १००को खरिददर नौ रुपियाँ ९३ पैसा र बिक्रीदर नौ रुपियाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ र बिक्रीदर १५ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९६ पैसा र बिक्रीदर २२ रुपियाँ ०५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २४ पैसा र बिक्रीदर १८ रुपियाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ १२ पैसा र बिक्रीदर ३६९ रुपियाँ ६७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस