शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १२ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले १०५ बोरा केराउ (मटर) सहित विभिन्न अवैध सामानहरू बरामद गरेको जनाएको छ ।
बाँके प्रहरीका अनुसार विभिन्न मितिमा अवैधरूपमा भन्सार छली गरी नेपाल ल्याइएका १०५ बोरा केराउ, लत्ता कपडा, जेन्स बेल्ट, अगरबत्ती, माउन्टेन डीउ नामक पेय पदार्थ, मोटरसाइकलको ट्युब, तालाचाबी, स्किन साइन क्रिम र ढिके नुनसमेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले विभिन्न मितिमा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका उक्त अवैध सामानहरूलाई मङ्गलबार आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सामानहरूको अन्दाजी मूल्य चार लाख एक सय असी रुपियाँ रहेको छ ।