सन्तोष राउत
सोलुखुम्बु, कात्तिक १२ गते । सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोजित कुँवरले बताउनुभयो । बिहान ८ः१५ मा हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले पुष्टि गर्नुभयाे ।
पाइलट खड्कालाई कैलास एयरको हेलिमार्फत लुक्ला ल्याइएको डिएसपी कुँवरले बताउनु भयाे । हेलिकप्टरमा आगजनी नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । खुम्बुमा बाक्लो हिउँ परेका कारण विहानैदेखि हेलिकप्टरले पर्यटकको उद्धार गर्दै आएका थिए ।